मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँचजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका– ६ दुम्सीखर्कबाट गाँजा, चरेस र दुईवटा बन्दुकसहित पाँचजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक एवं निमित्त प्रहरी प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।
प्रहरी प्रवक्ता घिमिरेका अनुसार प्रहरीले विशेष सूचनाको आधारमा स्थानीय जितबहादुर मोक्तानको घर नजिकै रहेको गोठबाट १५ सय १५ केजी गाँजा र १३ किलो चरेस फेला पारेको हो । मोक्तानको घर खानतलासी गर्दा १ थान भरुवा बन्दुक, एक थान सेमी–अटोमेटीक पेस्तोल र पेस्तोलमा लाग्ने छ राउण्ड गोली समेत फेला पारेको घिमिरेले जानकारी दिए ।
प्रहरीले मोक्तानसहित कैलाश गाउँपालिका– १ बस्ने २८ बर्षका बिजय गोले, ४० वर्षका रत्न घले, २२ वर्षका अशोक घले र २२ वर्षकै शिखर घलेलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए ।
Facebook Comments