
ललितपुर । बागमती प्रदेशको सहकारी क्षेत्रको नीतिगत बहसका लागि बागमती प्रदेश सहकारी सम्मेलन आयोजना हुने भएको छ । बागमती प्रदेश सहकारी संघको आयोजनामा प्रदेश सहकारी सम्मेलन आयोजना गर्न लागिएको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले जानकारी दिनुभयो । प्रदेश सहकारी संघ अन्तर्गतका सबै प्रकृतिका सहकारी संघसंस्थाहरुको सहभागितामा सरकार सहकारी अभियानका निकायहरुको प्रतिनिधित्व हुने गरी आयोजना गरिएको छ । सम्मेलन ललितपुरको हेरिटेज गार्डेनमा हुँदैछ ।
Facebook Comments