ललितपुर – दोस्रो गोदावरी नगरपालिका वडाब्यापी मेयर कप फुटबल प्रतियोगिता (आज) शनिबारबाट सुरु भएको छ । गोदावरी नगरपालिकाको आयोजनामा सुरु प्रतियोगितामा नगरभित्रका १४ वटै वडा सहभागी भएका छन् । 

प्रतियोगितामा वडा नम्बर ५ लेले र वडा नम्बर २ विशंखुनारायणले विजयी सुरुवात गरेका छन् । जितसँगै दुबै टोली क्बार्टरफाइनलमा पुगेका छन् । लेले र विशखुनारायणले सोमबार दिउँसो सेमिफाइनल प्रवेशका लागि भिडन्त गर्नेछन् । 

गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ९ छम्पीलाई २–१ ल्ो हराउँदै वडा नम्बर २ विशंखुनारायणले विजयी सुरुवात गरेको छ । विशंखुनारायणका लागि दुबै गोल नारायण सिलवालले गरे । उनले खेलको ३० औँ र ५४ औँ मिनेटमा गोल गरेका हुन् । उनी नै खेलको म्यान अफ दि म्याच भए । उनले नगद ३ हजार सहित ट्रफि पाए । पराजित छम्पीका लागि एक मात्र गोल किरण विष्टले गरे । 

शनिबार नै सम्पन्न अर्को खेलमा वडा नम्बर ५ लेलेले वडा नम्बर १० टाहाखेललाई १–० ले पराजित गरेको छ । लेलेको जितमा निर्णायक गोल रोहित रमण डंगोलले गरे । उनले खेलको छैटौँ मिनेटमा गोल गरेका थिए । 

यो खेलमा टाहाखेलले गोल गर्ने ५ सुन्दर अवसर खेर फालेको थियो । बलमा पकड टाहाखेलले जमाएपनि स्कोर गर्न नसक्दा लेले विजयी भयो । लेलेलाई गोल खानबाट बचाएका गोलकिपर आयुष श्रेष्ठ खेलको म्यान अफ दि म्याच खेलाडी भए । 

उनले झण्डै गोल भइसकेका केही बललाई उत्कृष्ट ंंढंगले बचाए । आयुषलाई म्यान अफ दि म्याच ट्रफिसहित नगद ३ हजार वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले हस्तान्तरण गरे । प्रतियोगिताको उद्घाटन नगर प्रमुख गजेन्द्र मर्हजनले गरेका थिए । 

गोदावरी नगरपालिका वडाब्यापी मेयर कप फुटबलमा आइतबार ३ वटा खेल हुनेछ । पहिलो खृलमा १० बजे वडा नम्बर ४ बडिखेल र वडा नम्बर १२ ठेचोबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी दोस्रो खेलमा दिउँसो सो १२ बजे वडा नम्बर ७ देवीचौर र वडा नम्बर ११ चापागाउँबीच प्रतिस्पर्धा हुनेछ । 

यस्तै आइतबारको तेस्रो खेलमा दिउँसो ३ बजे वडा नम्बर १३ झरुवाराशी र वडा नम्बर १ गोदामचौरबीच प्रतिस्पर्धा हुनेछ ।सहभागी १४ वटा वडालाई दुई पोलमा विभाजन गरिएको छ । 

पहिलो पोलमा वडा नम्बर ९ छम्पी , वडा नम्बर २ विशंखुनारायण, वडा नम्बर ५ लेले , वडा नम्बर १० टाहाखेल , वडा नम्बर ४ बडिखेल , वडा नम्बर १२ ठेचो र वडा नम्बर ८ डुकुछाप रहेका छन् । 

यसैगरी अर्को पोलमा वडा नम्बर ७ देवीचौर , वडा नम्बर ११ चापागाउँ, वडा नम्बर १३ झरुवाराशी , वडा नम्बर १ गोदामचौर , वडा नम्बर ६ टीकाभैरब , वडा नम्बर १४ ठैव, बाँडेगाउँ र वडा नम्बर ३ गोदावरी रहेका छन् । दुबै पोलका विजेताले माघ १७ गते शनिबार दिउँसो २ बजे उपाधीका लागि भिडन्त गर्नेछन् । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा कूल १३ खेल हुने आयोजकले जनाएको छ ।

पहिलो पोलबाट डुकुछाप र अर्को पोलबाट गोदावरी बाइ पाएर सिँधै क्वाटरफाइनलमा पुगेका छन् । उपाधि विजेताले एक लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी पाउने नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडाअध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । 

प्रतियोगिताबाट १४ वटै वडाका खेलाडीहरुको प्रर्दशनका आधारमा गोदावरी नगरको सिंगो टिम तयार पारिने नगरप्रमुख गजेन्द्र मर्हजनले जानकारी दिए । प्रतियोगिता अन्र्तगत आइतबार ३ वटा खेल हुनेछ । विहान १० बजे वडा नम्बर ४ बडिखेल र वडा नम्बर १२ ठेचोबीच प्रतिस्पर्धा हुनेछ । 

यसैगरी आइतबारको दोस्रो खेलमा १२ बजे वडा नम्बर ७ देवीचौर र वडा नम्बर ११ चापागाउँबीच प्रतिस्पर्धा हुँदा वडा नम्बर १३ झरुवाराशी र वडा नम्बर १ गोदामचौरबीच दिउँसो ३ बजे तेस्रो खेल हुनेछ । पहिलो संस्करणको वडाब्यापी मेयर कप फुटबलको उपाधि वडा नम्बर ३ गोदावरीले जितेको थियो । 

फाइनल खेलमा वडा नम्बर ६ टीकाभैरबलाई २–० ले हराउँदै गोदावरीले मेयरकप फुटबलको उपाधि जितेको थियो ।  करिब ८ महिनाअघि पनि यही रंगशालाको मैदानमा दोस्रो उपत्यकाब्यापी अन्तरपालिका मेयरकप फुटबल प्रतियोगिता संचालन भएको थियो ।

सो प्रतियोगितामा गोदावरी नगरपालिकालाई हराउँदै काठमाडौं महानगरपालिकाले लगातार दोस्रोपल्ट मेयर कप फुटबलको उपाधि जितेको थियो ।