ललितपुर। सहकारीको रकम अपचलन गरी फरार रहेका पुरुषोत्तम पहाडीलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ठगी मुद्दामा प्रतिवादी रहेका पहाडीलाई प्रहरीले ललितपुरको पाटनढोका क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेका पहाडीमाथि विभिन्न २० जना बचतकर्ताको १ करोड ६२ लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको गम्भीर आरोप छ। बचतकर्ताहरूले आफ्नो रकम फिर्ता नपाएको भन्दै उनीविरुद्ध किटानी जाहेरी दिएका थिए।
ललितपुर जिल्ला अदालतबाट उनलाई अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीले पहाडीको संलग्नता रहेका अन्य आर्थिक कारोबार र सहकारीको आन्तरिक अवस्थाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारले सहकारी ठगी नियन्त्रणका लागि कडा नीति लिइरहेका बेला ललितपुर प्रहरीले यो सक्रियता देखाएको हो।
Facebook Comments