काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा भएर पनि रमाना नलिई साविककै कार्यालयमा बसिरहेका १६ जना उपसचिव तथा शाखा अधिकृतहरूलाई अन्तिम चेतावनी दिएको छ । २०८२ भदौदेखि चैत महिनासम्म विभिन्न नगरपालिका र गाउँपालिकामा खटाइएको लामो समय व्यतित भइसक्दा समेत कार्यक्षेत्रमा हाजिर हुन अटेर गरेपछि मन्त्रालयले मिति २०८३/०१/१० गते पत्राचार गर्दै तीन दिनभित्र अनिवार्य रमाना हुन कडा निर्देशन दिएको हो ।
निर्देशनको पालना नगरे निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० बमोजिम विभागीय कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ । साविककै कार्यालयमा टाँसिएर रहने प्रवृत्तिले प्रशासनिक विकृति बढेको भन्दै आगामी दिनमा पनि सरुवा अटेर गर्ने कर्मचारीहरू उपर निर्मम रूपमा कानुनी कारबाही चलाइने मन्त्रालयको चेतावनी छ ।
Facebook Comments