काठमाडौं । गोदावरीमा ३१७ वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको छ । ललितपुरको गोदावरी नगरपालिका ११ चिभालाछीमा रहेको चिभामा राखिएको मूर्ति बुधवार राती चोरी भएको हो ।
बौद्ध चैत्य ९चिभा० मा राखिएको मूल मूर्ति चोरी भएको वडा अध्यक्ष निल बहादुर देसारले बताए ।
घटनाबारे प्रहरीलाई जानकारी गराई दोषीको खोजी कार्य सुरु गरिएको देसारको भनाइ छ ।
पछिल्लो समय मूर्ति चोरी हुने सङ्ख्या बढ्दै गएको भन्दै सुरक्षा र जनचेतनाका लागि कार्यक्रम समेत सुरु गर्ने तयारी थालिएको उनले बताए ।
Facebook Comments