झापा । भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामान बरामद भएको छ । प्ररहरीले झापाको बिभिन्न स्थानबाट करिव २ लाख २६ हजार रुपैया बराबरको सामान बरामद गरेकाे हाे ।
सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा उक्त सामान बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
प्रहरीले भन्सार छली नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको खाधान्नका सामग्रीहरुका साथै १२५ जोर फुटबल बुट समेत गरी करिव २ लाख २६ हजार रुपैया बराबरको सामान र सामान ओसार पसार गर्न प्रयोग गरेको मे. ५ प ६४३२ र BR 37 G 2773 नम्वरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ ।
प्रहरीले बरामद गरेको सामान तथा मोटरसाईकल समेत आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ
Facebook Comments