रौतहट । रौतहटको गरुडा बजारबाट १० बोरा युरीया मल प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले मल नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देखि मल छोडी भागेका दुईवटा भारतीय नम्बर प्लेटका मोटर साईकल सहीत उक्त मल नियन्त्रणमा लिएको प्रहरी चौकी गरुडामा प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए । उनका अनुसार पक्राउ गरिएको मल र दुईवटा मोटर साईकल आवश्यक कार्यवाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको छ । ्
आईतबार विहान गरुडाको मेथुर चौक भन्दा पुर्व समनपुर जाने सडकमा गस्तीमा रहेको प्रहरीलाई देखेपछी मल लोड मोटरसाइकल छाडी भागेको प्रहरीले जनाएको छ ।
Facebook Comments