
काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्चा छरेर फोहोर गर्ने एउटा कम्पनीलाई पाँचहजार जरिवाना तरिाएको छ । जागिर लगाउने सादना जब कम्पनिलाई आइतबार जरिवाना तिराएको हो ।
वडा नम्बर ७ मा रहेको सादना जब कम्पनिले विज्ञापन गर्ने क्रममा पर्चा वितरण गरि फोहोरमैला गरेकाले वडाले उक्त कम्पनीलाई जरिवाना तिराएको कमनपा वडा नं. ७ ले जनाएको छ ।
वडाले कम्पनीलाई अब उप्रान्त उल्लेखित प्रकृतिको फोहोरमैला नगर्ने शर्तमा मौका स्वरुप जरिवाना तिराएर छाडिएको हो ।
Facebook Comments