काठमाडौं ।  नबिल बैंक लिमिटेडले एन बैंक नियो बैंक सञ्चालमा ल्याएको छ।  एन बैंकमार्फत् ग्राहकले मोबाइल फोनको सहायताले खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै बैंकिङ सेवा लिन सक्ने गरी सञ्चालनमा ल्याएको हो ।


एन बैंक मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर सुरु गरिएको डिजिटल बैंक हो । यसअघि नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकले अपडेट गर्ने अवसर पाउँछन् । जहाँ लोगोे ‘ए’ बाट एन बैंकको ‘एन’मा परिणत भएको छ । 

नबिल बैंकमा खाता नखोलेका ग्राहकले पनि अब एन बैंक एपबाट खाता खोल्न सक्ने बताइएको छ । यसबाट ग्राहकले ‘एन रेमिट’ छनोट गरेर रेमिट्यान्सको कामसमेत गर्न पाउने बैंकले नाएको छ । विदेशमा बस्ने ग्राहकले पनि अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र नबिल बैंकमा खाता सञ्चालन गर्न सक्ने बताइएको छ ।