काठमाडौं । प्रारम्भिक गणनाभन्दा पनि नेपालको जनसंख्या घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले १२औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिकमा यस्तो देखाएको हो ।  

सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।  विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार थियो ।

आज सार्वजनिक विवरणअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) रहेको छ । महिला १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छन् ।

यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक कार्यलयका उपप्रमुख डा. हेमराज रेग्मीले बताए ।