काठमाडौं । ३० हजार सहकारीलाई ५ हजारमा झार्नुपर्ने काठमाडौं जिल्ला बहुउद्देश्यी सहकारी संघका अध्यक्ष मनोज थापले बतए । आज नेपाल सहकारी पत्रकार समाज र काठमाडौं महानगरपालीका सहकारी विभागको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

थापाले भने, ‘अहिले सबैको आन्दोलन नै छ । मिटर ब्याजी, सहकारी, व्यवसायी , उद्योगी तथा बाणिज्यका सबैले आन्दोलन गरिरहेका छन् । अर्थतन्त्रमा १० प्रतिशतको ब्याजदर बृद्धि हुनु भनेको अर्थतनत्रमा भुइचालो आएसरह हो । सहकारी जतिलाई खोल्ने अनुमति दियो त्यसलाई सञ्चलन गर्न सकिन्छ कि सकिन्न भनेर सोच्न पर्दथ्यो । बैंकहरुलाई समस्या परे राष्ट्र बैंक छ र तर सहकारलिाई समस्या परे कसले हेर्ने ? भन्नलाई त सहकारी अर्थतन्त्रको एक खम्मबा हो । तर खोई राष्ट्र बैकं सहकारी महासंघले पनि हेर्न सक्ने अवस्था छैन ।’