काठमाडौँ । उद्योग वाणिज्य महासंघमा आज भएको  निर्वाचनको  वस्तुगत सदस्यतर्फहरुको मतगणना सकिएको छ । कुल १४ जना सदस्य हुने व्यवस्था रहेकामा २८ जनाको उम्मेदवारी परेको थियो । यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन् ।

बस्तुगतमा उमेशलाल श्रेष्ठको टिमको वर्चश्व रहेको छ । उमेशलालको प्यानलबाट ८ जनाले जितेका छन् । यी हुन् बस्तुगत तर्फका विजयीहरु

अरनिको राजभण्डारी– ७६
कमला श्रेष्ठ – ६६
डा सुबोध कुमार गुप्ता – ७५
नरेशलाल श्रेष्ठ– ९१
नानीराज घिमिरे– ७२
पशुपतिदेव पाण्डे– ६५
भक्तबहादुर हमाल– ७२
मनोज अधिकारी– ६७
रविन पुरी– ७४
राजकुमार कार्की राजु– ६२
लिनेप्रसाद प्रधान– ८९
शिव प्रसाद घिमिरे– ८१
शोभा जावाली– ७२
हरिबहादुर कार्की– ८२