काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि ३ वटा साना जहाज किन्ने भएको हो ।
जहाज मार्फत दुर्गम क्षेत्रमा उडान भर्ने छ । जहाज किन्नको लागि निगमले सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उप–समिति गठन गरेको छ ।
खरिद गर्न लागिएको ३ वटा साना जहाजको मूल्य भने बोलपत्रमा नै खुलाइने निगमले बताएको छ ।
Facebook Comments