काठमाडौं । पछिल्लो समय सहकारीहरु भटाभट खारेज भइरहेका छन् । केही सहकारीहरुले बचतकर्ताको पैसा पनि फिर्ता दिन सकेका छैनन् । आज पनि १५ वटा सहकारी खारेज भएका हुन् ।  

विराटनगर महानगरपालिकाले महानगरमा दर्ता भएका १५ वटा सहकारीको दर्ता खारेज गरेको हो । यसभन्दा अघि ललितपुर महानगरपालिकाले पनि सहकारी खारेज गरेको थियो ।

आज खारेज भएका सहकारीहरु महानगरले सम्पर्कमका लागि बोलाँउदा पनि सम्पर्कमा पछि खारेज भएको हो । ललितपुरले पनि सम्पर्कमा नआएका सहकारीहरुलाई खारेज गरेको थियो ।

सहकारीहरुले लामो समयदेखि लेखा परीक्षण नगरेको, साधारणसभा गर्ने तथा विवरण नबुझाएका कारण सहकारी ऐनअनुसार खारेज गरिएको महानगरले जनाएको छ ।

महानगरले आवश्यक विबरण माग गर्दा पनि नबुझाएपछि खारेजीमा पर्ने सहकारीमा सक्रिय बचत तथा ऋण सहकारी संस्था लि, पुष्पाञ्जलि बहुद्देश्यीय सहकारी, विराट कोशेलीघर, एक्सेचेन्ज बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र सहयोगी सहकारी संस्थाको पनि दर्ता खारेजी गरिएको छ । 

भिजन फर्मा सहकारी, खाटुश्याम बचत तथा ऋण सहकारी, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था, सबल बचत तथा ऋण सहकारी संस्था, युरो बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, गजलक्ष्मी बचत तथा ऋण सहकारी, गरिमा बचत तथा ऋण सहकारी, बहुमूल्य कृषि सहकारी र ऋद्धिसिद्धि बचत तथा सहकारी संस्थाको पनि दर्ता खारेजी भएको छ ।सबै सहकारी विराटनगरका हुन् ।

पटक–पटक सूचना प्रकाशित गर्दा पनि सम्पर्कमा नआएपछि महानगरले खारेज गरेको हो ।