
काठमाडौं । उपनिर्वाचनमा ठूला भनिएका नेपाली काँगे्रस र एमाले कमजोर देखिएको छ । सो निर्वाचनमा सत्ता गठबन्धन नै लाग्दा पनि राष्ट्रिय स्वातन्त्र पार्टीले ३ क्षेत्र मध्ये २ निर्वाचन क्षेत्रमा अत्याधि मत ल्याएर विजयी भएका छन् ।
सत्ता गठबन्धन दलका सझा उम्मेदवारले निर्वाचनमा दोस्रो स्थान पाएका छन् । भने, एमालेका उम्मेदवारहरु तेस्रो भएका छन् । राजनीतिमा ठूला भनिएका दलहरु उपनिर्वाचनमा कमजोर देखिएका छन् ।
जनताको समस्या नबुझदा ठूला दलले असामन्य हार विहोरेको जस्तो देखिन्छ ।
रबिले आफ्नै रेकर्ड तोडे
चितवनमा भएको उपनिर्वाचनमा रवि लामिछानेले नेपालको चुनावी इतिहासमै कीर्तिमानी रहेको छ । सर्वोच्च अदालतको फैसलाबाट सांसद पद गुमाएपछि रवि दोस्रोपटक यस क्षेत्रमा उम्मेदवार बनेका थिए ।
भोटको सुनामीसहित रविले पहिलेभन्दा पनि ठूलो जित हात पारेका छन् । मुलतः वर्तमान संसदीय चुनावका सबै ठूला रेकर्डहरु उनले आफ्नो नाममा पारे । यो ६ महिनामा उनको लोकप्रियता खस्किनुको साटो झनै चुलिएको देखियो, जबकी यसबीचमा उनलाई अनेकन विवादमा मुछ्ने प्रयास भएको थियो ।
रवि लामिछानेले निकटतम प्रतिस्पर्धी जितनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतान्तरका साथ हराए । लामिछानेले ५४ हजार १७६ मत ल्याउँदा श्रेष्ठ ११ हजा १४ भोटमा रोकिएका छन् ।
डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी
तनहुँ–१ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका हुन् ।
उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् ।
रवि र स्वार्णिम दुबै संघिय संसद बनेका छन् ।
Facebook Comments