काठमाडौं । बजारमा मसलाजन्य वस्तु जिराको मूल्य चर्को बढेको छ । प्रतिकेजी ६ सयबाट वृद्धि भएर अहिले १ हजार पुगेको छ । १ हजार प्रतिकेजी हुँदा पनि बजारमा जिरा सटेज छ ।

बजारमा जिरा अभाव भएपछि उपभोक्तासँगै व्यापारी तथा व्यवसायीहरु अचम्भित छन् । 

बजारमा जिरा अभाव भएकाले ५० केजी अर्डर गर्दा पनि मुस्किलले १० केजीमात्रै पठाउने गरेको खुद्रा व्यपारीहरु बताउछन् । 
खुद्रा व्यापार संघका सचिव अमुलकाजी तुलाधरले बजारमा जिराको मूल्य अत्यधिक वृद्धि भएको बताए ।

उनले भने, ‘भारतमै जिराको मूल्यवृद्धि भएको भन्दै नेपाली बजारमा पनि मूल्य बढाइएको छ । अहिले हामीले जिरा ल्याउने ठाउँबाटै प्रतिकेजी ५ सयको बिलमा ८७५ रुपैयाँ लिएको छ । विल थोरैको तर मूल्य धेरै भएकाले खुद्रा व्यापारीहरुले जिरा ल्याउन नसक्ने अवस्था छैन ।’