काठमाडौं । निरु पाण्डेको हत्यारा बिनोद विकले सिक्री लुट्न नसकेपछि हत्या गरेँ, कोठामा पुगेर मासु–भात खाँदै हत्याको समाचार पढेँको बयान दिएका छन् । वैशाख ७ गते पाण्डेको आफ्नै पसल सरस्वतीनगर  हत्या भएको थियो ।

विक सरस्वतीनगर पुग्दा दिउँसो २ बजेर ४४ मिनेट गएको थियो । त्यस लगत्तै उनी निरु पाण्डेको भाँडा पसलमा छिरे । उनी भाँडा किन्न बहानामा पसलमा छिरेका थिए । त्यही बेला निरुको पसलमा उनका छोराछोरी घरबाट चिया पु¥याउन आए ।

त्यसपछि बिनोद एटिएमबाट पैसा निकालेर ल्याउने भन्दै पसलबाट बाहिए । केही समयपछि उनै बिनोद फेरि निरुको पसलमा फर्केर आएर पसलभित्र छिरे। भान्छाको सामान किन्ने बहानामा दोस्रो पटक उनी निरुको पसलमा गएको बेला अरु ग्राहक र घरका मानिस कोही पनि थिएनन् ।

पसलभित्र छिर्न साथ उनको नजर निरुले घाँटीमा लगाएको सुनको सिक्रीमा गयो । लगत्तै उनले निरुको घाँटीमा हात लगाए । निरुले प्रतिकार गरिन् । त्यसपछि उनले निरुलाई पछाडिबाट हानेर ढाले । त्यसपछि नजिकै रहेको तरकारी काट्ने छुरीले निरुलाई प्रहार गर्न थाले ।

निरुले सुरुमा प्रतिकारको प्रयास गरे पनि बिनोदले निरुलाई घोप्टो पारेर शरीरका २० ठाँउमा चक्कु रोपे । निरु अचेत भइन् । त्यसपछि बिनोदले निरुको गलामा भएको सिक्री निकाले, घर्रामा जम्मा भएको १२ सय पनि लिए । त्यहीबाट टेम्पो चढेर गोपीकृष्ण हल नजिक पुगेर झर। त्यहाँबाट इन्ड्राइभको बाइकमा चढेर लोकन्थलीमा रहेको डेरातर्फ फर्किए ।

त्यसको भोलिपल्ट निरुको हत्याको समाचार सबैतिर आयो । उनी त्यो समाचार पढेर लोकन्थलीको कोठामा बसिरहे। तत्काल काठमाडौं बाहिर जाँदा सीमा नाकामा प्रहरीले पक्राउ गर्न सक्ने आशंकामा उनी घटना भएको ६ दिनसम्म पनि भक्तपुरमै बसे। वैशाख १२ गते बिनोदले निरुको सिक्री तार्केश्वरमा रहेको पाथीभरा सुनचाँदी पसलमा बेचे ।

उनले ९९ लालको सिक्री बिक्री गरेर जम्मा ५५ हजार लिए । सुन बेचेर आएको पैसामध्ये १० हजारको नयाँ मोबाइल किने । निरुको हत्या गर्न जाँदा उनीसँग मोबाइल थिए । आर्थिक अभावले उनले भएको मोबाइल बेचेर खर्च चलाएको प्रहरी समक्ष बयान दिएका छन ।

सुन बेचेर पैसा पाएको साँझ साथीहरुलाई मासु र भात पनि खुवाए । त्यसको भोलिपल्ट १३ गते बिहानै बनेपा हुँदै गृह जिल्लातर्फ हानिए । पूर्व गएपछि उनी बिर्तामोडस्थित इलाम बस स्टपमा रहेको एक होटलमा बसेका थिए ।

यता घटनाको अनुसन्धान गर्न गठित नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआबी) प्रमुख एआइजी किरण बज्राचार्य नेतृत्वको विषेश टोली, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाको टोलीले अनुसन्धान सुक्ष्म ढंगले अघि बढाएको थियो । प्रहरीको टोलीले बिनोदलाई वैशाख १६ गते पक्राउ ग¥यो । पक्राउ पर्नुअघि १७ गतेको बिहानै भारतको बम्बै जाने तयारीमा थिए, उनी। उता उनले कामको खोजीसमेत गरिसकेका थिए ।

विकले चाबहिल क्षेत्रकै एक डिस्कोमा बाउन्सरका रुपमा काम गरेका थिए । त्यो बेला उनले गोंगबुमा एक कोठा भाडामा लिएर बसेका थिए । पछि कोठा भाडा तिर्न नसकेपछि त्यहाँबाट भागेर साथीकोमा बस्न थाले । त्यसपछि उनले ठमेलको भाइबरेट क्लबमा बाउन्सरका रुपमा काम थाले । निरुको हत्या ताका उनी भक्तपुरको लोकन्थलीमा रहेको एक साथीको डेरामा बस्दै आएका थिए ।