
काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय पार्टी प्रतिनिधि मण्डल आज मध्याह्न चीन प्रस्थान गरेको छ।
प्रतिनिधि मण्डलले तिब्बतको ल्हासा, राजधानी बेइजिङ र सिहाङ्को अवलोकन भ्रमण गर्ने छ भने विविध छलफलमा सहभागी हुने कार्यक्रम छ ।सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल २०८० जेठ १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
Facebook Comments