काठमाडांै । एकता बुद्ध ऋण तथा सहकारी संस्थाका फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारी सीआईबीको फन्दामा परेका छन् ।
बुढानिलकण्ठ ९ एकता बस्तीमा सञ्चलित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कानुनी प्रकिया अनुसार छानबिन समितिले २०७९ पुसको पहिलो हप्ताबाट छानबिनको काम सुरु गरी छानबिन सकाएर प्रतिवेदन पेश गरेको थियो । छानविनको प्रतिवेदन अनुसार एकता बुद्ध वचत तथा ऋण सहकारीको त्रुटि रहेको जवाफ छ ।
एकता बुद्ध सहकारी संस्थाका कार्यकारी अध्यक्ष भानु शर्मा सहकारी मन्त्रालय अन्तर्गत सहकारी महाशाखाबाट फरार भएका थिए । भन,े ब्यवस्थापक शम्भु कार्की सम्पर्कविहीन भएको थिए ।
बागमती प्रदेश, हेटौडा अन्तर्गतका सहकारी मन्त्रालयबाट सो सहकारीको केश फाइल सीआईबीमा अनुसनधान र कारर्वाहीको लागि अगाडी बढाइएको थियो ।
लामो समयको अनुसन्धान पश्चात सीआईबी र स्थानिय प्रहरी प्रशासनको नेतृत्व र बुढानिलकण्ठ वडा ९ को जनप्रतिनिधिका उपस्थिति सहित फरार कार्यकारी अध्यक्ष भानु शर्मा, ब्यवस्थापक शम्भु कार्की सहित कार्यसमितिका पदाधिकारीलाई पक्राउ गर्न सफल भएको छ ।
एकता बुद्ध सहकारी सस्थामा उपाध्यक्ष प्रमोद कुमार न्यौपाने, सचिव सोमलाल श्रेष्ठ, कोषाध्यक्ष राम कुमार श्रेष्ठ, सदस्य वीर बहादुर तामाङ, होमनाथ तिमिल्सिना, ज्ञानु कुमारी राई बीचको आर्थिक हिनामिना र अन्तरिक संस्थागत किचलोले गर्दा पीडित बचतकर्ताहरु मारमा परिरेका छन् ।
Facebook Comments