
काठमाडौं । भारतले चामल निर्यातमा प्रतिबन्ध लागएपछि नेपालमा चामलको मुल्य वृद्धि भएको छ । भारतले आफ्नो देशमा धानको उत्पादन कम भएपछि मूल्य वृद्धि रोक्नको लागि बासमती बाहेकको चामल निर्यातमा रोक लगाएको थियो ।
नेपालको आफ्नो उत्पादनले ८० प्रतिशत मात्रै माग धन्न सक्छ । भने, २० प्रतिशत चामल भारतबाट नै आयात हुने गरेको छ । भारतले १५० भन्दा धेरै देशमा चामल निर्यात गर्दै आएको थियो । भने अब ती सबै देशमा निर्यात रोकेको छ ।
भारतले चामल निर्यात रोकेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । अहिले नेपालमा गुडलक, उर्जा, थकाली र लग्रेनलगातको चामलको मूल्य वृद्धि भएको हो । हाल यी चामलमा बोरामा ३ सयदेखि केजीमा २० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।
सरकारले धान उत्पादनमा कुनै ध्यान दिएको छैन । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउने र नेपालमा पनि धान उत्पादन कम हुने हो भने नेपालमा पनि चामलको अभाव भई मूल्य आकाशीने अवस्था आउन सक्छ ।
Facebook Comments