काठमाडौं । भारतले चामल निर्यात प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म वृद्धि भइसकेको छ । सरकार भने चामलको मूल्य वृद्धि गरे कारवाही गर्ने भन्दै बसीरहेको छ ।

केही दिनअघि भारतले बासमती बाहेकको चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले आफूखुसी मूल्य बढाउन थालेको भन्दै गुनासो आउन थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।

नेपालको आफ्नो उत्पादनले ८० प्रतिशत मात्रै माग धन्न सक्छ । भने, २० प्रतिशत चामल भारतबाट नै आयात हुने गरेको छ । भारतले १५० भन्दा धेरै देशमा चामल निर्यात गर्दै आएको थियो । भने अब ती सबै देशमा निर्यात रोकेको छ ।

भारतले चामल निर्यात रोकेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । अहिले नेपालमा गुडलक, उर्जा, थकाली र लग्रेनलगातको चामलको मूल्य वृद्धि भएको हो । हाल यी चामलमा बोरामा ३ सयदेखि केजीमा २० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ ।