काठमाडौं । कृष्णहरि पुष्करलाई पुनः अर्थसचिव बनाएका छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थमन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । भने, अर्थका अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनितादेवी नियुक्त भएलगत्तै कृष्णहरिलाई सामान्यबाट प्रधानमन्त्रीको कार्यालय सरुवा गरिएको थियो ।

संकटग्रस्त अर्थतन्त्रलाई लयमा ल्याउन सत्तागठबन्धनमा रहेका दलहरूको शीर्ष नेतृत्वबीचको सहमति र रोजाइअनुसार नै अनुभवी व्यक्ति भएकाले उनलाई अर्थको जिम्मेवारी दिइएको बताइएको छ ।

जनार्दन शर्मा अर्थमन्त्री भएका बेला करको दर हेरफेरको विषय उठ्दा पनि कृष्णहरि अर्थ सचिव थिए । भने, शर्मा पुनः अर्थमन्त्री बनेपछि बिदामा बसेर सरुवा भएका थिए । जनार्दन अर्थमन्त्री भएका बेला उनी राजस्व सचिवबाट अर्थ सचिव बनेका थिए । पुष्कर दोस्रो पटक अर्थसचिव बनेका हुन् ।