काठमाडौं । पहिलो पटक घर बनाउँदा वा किन्दा बैंकले २ करोडसम्म ऋण दिने भएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई थप स्पष्ट पार्दै २ करोडसम्म लोन पाइने भन्दै आज सूचना निकालेको हो ।
आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि वा अपार्टमेन्ट खरिद लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोडसम्मको आवासीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको छ ।
तीन हजार वर्ग फिटसम्मको घर निर्माण÷खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कनको आधारमा ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्ने छ ।
यस्तो ऋणको ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था रहेको छ ।
Facebook Comments