
काठमाडौं । मारुती सुजुकीको सफल मोडल स्वीफ्टको चौथो जेनेरेशन मोडल प्रतिलिटर ४० किलोमिटर गुड्ने कार आउने भएको छ । कम्पनीले पहिलेको इन्जिनको सट्टा नयाँ इन्जिनमा स्वीफ्ट ल्याउन लागेको हो ।
सुजुकीले यसअघि प्रयोग गर्दै आएको के–१२ इन्जिनको सट्टामा हाइइफिसीयन्ट जेड–१२ इन्जिनमा स्वीफ्ट ल्याउन लागेको हो । अहिले प्रयोग गरिरहेको इन्जिन १.२ लिटर, फोर सिलिण्डर हो । तर, नयाँ ल्याउन लागेको जेड–१२ इन्जिनमा भने तीनवटा मात्रै सिलिण्डर रहने छ ।
नयाँ इन्जिन पनि १.२ लिटर क्षमताकै हुनेछ । यसको पावर पहिलेकै जस्तो ८३ पीएस रहने छ भने टर्क बढ्ने अनुमान गरिएको छ ।
स्वीफ्टको सबैभन्दा ठूलो बजार भारत रहेको कारण जापानी उत्पादकले यसको इन्जिन भारतीय प्रदुषण मापदण्ड अनुसार तयार गरेको हो । यसलाई नयाँ प्रदुषण मापदण्ड ‘क्याफी’ अनुसारको बनाइएको हो ।
यसमा तीन सिलिण्डर मात्रै भएकोले पहिलेको इन्जिनभन्दा लाइट र क्लीन हुनेछ । त्यसैले यसको माइलेज प्रतिलिटर ४० किलोमिटरसम्म हुने जनाइन्छ । सुजुकीले शनिबारबाट सुरु हने जापान मोबिलिटी शोमा नयाँ जेनेरेशन स्वीफ्ट लन्च गर्ने छ ।
Facebook Comments