
ओशोधारा नेपालको आयोजनामा माघ २६,२७ र २८ काठमाडौँमा दोस्रो तहको सुरति योग कार्यक्रम ध्यान, समाधि र परमतत्वसंगको साक्षात्कारको अनुभूति सहित सम्पन्न भएको छ। सांसारिक भागदौड, प्रतिष्पर्धा र तनावले भरिएको जीवनमा मात्र तीन दिनको सुरति योगले जीवन र जगतलाई बुझ्ने मात्र होइन अनुभूतिको आधारमा शान्त, संयम, प्रफुल्ल भएर जीवनप्रति धन्यवाद ब्यक्त गरेको सहभागी पम्फा पाण्डेले बताइन्। जीवनलाई देख्ने, सोच्ने र अनुभूति गर्ने शैली नै थाहा रहेनछ भन्ने कुरा तीन दिनको सुरति योगले अनुभूति दिलाएको छ अर्का सहभागी भुषण मल्लको अनुभव थियो। यहि स्वास, यहि शरीर, शरीर भन्दा भित्रको आत्माको आयामलाई नजानेर नै मानिस जीवनमा दुख आर्जन गर्ने रहेछ। असली धन र असली ऊर्जा त आन्तरिक अनुभव रहेछ। यहि नजानेर नै मानिस प्रतिष्पर्धा र द्वेषमा उत्रिने रहेछ उनले अरू प्रष्ट पारे।
सुमिरन योग, प्रिती योग र आनापानसति योगको अभ्यास मार्फत दोस्रो तलको कार्यक्रमली आफ्नो जीवनमा जीवनकालकै सबैभन्दा महत्त्वपूर्ण रूपान्तरण ल्याएको अनुभूति भयो सहभागी अनु भट्टराईले बताइन्।
आचार्यहरूको प्रस्तुति र शालीनताबाट नै थाहा लाग्दछ ओशोधाराका प्रत्येक कार्यक्रमले जीवनमा नयाँ रस, दिव्यता र प्रेम थप्दछ। आफूले यो कार्यक्रम दोस्रो पटक पनि गरेको र जतिपटक गरेपनि आनन्द र आत्मगत स्वभावमा जिउन मद्धत पुग्ने कुरा मैया मल्लको अनुभव थियो।
संसारमा बाहिरी भौतिक पदार्थसंगको प्रिती भोगिसकेको र त्यसले भित्र तृप्ति नदिने, कहीं न कतै दुख र अस्वाभाविक स्थितिको महसुस भईरहनु स्वाभाविक रहेछ त्यसैले भित्रको आन्नदमा डुब्ने कला र परमात्मा संग नै प्रिती बसेपछि संसारप्रति दया लाग्दो रहेछ अर्का सहभागी मंजु घिमिरे अधिकारीले बताउनुभयो।
कार्यक्रममा सहभागी सबैले तीन दिनमा आफूमा आएको रूपान्तरणलाई जीवनशैली बनाउने प्रण गरेका थिए र सबैले ओशोधाराका ध्यान एवं योगका विधिहरू सिकेर जीवनलाई बाहिर भित्र सम्पन्न र सुखी बनाउन अनुरोध पनि गरेका थिए।
आचार्य डा नम्रता पाण्डे, आचार्य इन्जिनियर अनन्त विष्ट र आचार्य पूजारीजी ले सत्रहरू संचालन गरेका थिए।
Facebook Comments