मकवानपुरको बकैयामा खोलामा डुबेर एक बृद्धको मुत्यु भएको छ। बागमती प्रदेश प्रहरी कार्यलय हेटौँडाका अनुसार मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर ३ हातिसुडेका ७१ वर्षीय भीमबहादुर लुङ्वा रहेका छन्।

माछा मार्न जान्छु भनी शुक्रबार घरबाट निस्किएका लुङ्बा स्थानीय लोहजर खोलामा १५ गते शनिबार मृत अवस्थामा फेला परेका थिए। घरबाट निस्किएका लुङ्वा घर नफर्कीएपछि उनका छोराहरुले खोजतलास गर्दै जाँदा घरभन्दा ५०० मिटर पश्चिममा रहेको लोहजर खोलामा उनलाई डुबेको अवस्थामा फेला पारेका प्रहरीले जनाएको छ।

घटनाको बारेमा जानकारी पाएपछि प्रहरी चौकी हात्तिसुडेबाट गएको प्रहरी टोलीले मुचुल्का तयार पारी अनुसन्धन प्रक्रिया अगाडी बढाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।