काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य वृद्धि गरेको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २० रुपैयाँबाट बढेर २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर २० कायम भएको छ । यस्तै भानू नुन एक किलोको मूल्य रु नौ तोकिएको छ ।
८ वर्षपछि नुनको मुल्य वृद्धि भएको हो । अझै ५ रुपैयाँ घाटा रहेको साल्ट ट्रेडिङले बताएको छ ।
Facebook Comments