
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार १९ जना एयरलाइन्सकै कर्मचारी रहेको खुलेको छ ।
काठमाडौंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सको ९ एन-एएमई जहाज बुधबार बिहान ११ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको हो । सौर्य एयरलाइन्सका अनुसार जहाजमा सवार १९ जना एयरलाइन्सकै कर्मचारी हुन् ।
दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिष शाक्यको भने उद्धार गरिएको छ । क्याप्टेन शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
हेर्नुहोस् को -को थिए सवार ?
Facebook Comments