
नयाँ दिल्ली । महाँकाल गाउँपालिका ललितपुरकी उपाध्यक्ष डोल्मामायाँ गोलेलाई दिल्लीमा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । इन्टरनेसनल उमन लिडरसीप अवार्डबाट उपाध्यक्ष गोले सम्मानित भएकी हुन् । उनलाई सानै उमेरदेखि नेकपा माओवादी पार्टीमा संगठित भई भूमिगत रुपमा सामाजिक परिवर्तनको लागि योगदान दिएकोमा सशक्त महिला नेतृत्वको रुपमा सम्मान गरिएको हो ।
गोलेले छापामाल गुरिल्ला युद्धमार्फत जनपक्षीय राजनीतिक रुपान्तरणमा योगदान गरेकोलाई अन्तर्राष्ट्रिय स्तरको सशक्त महिलाको रुपमा उल्लेख गर्दै सम्मान पत्र प्रदान गरिएको छ । इन्टरनेशनल अवाड्र्स फोरम (TIAF-USA) संयुक्त राज्य अमेरिकाको वायोमिङ राज्यमा र भारतको नयाँ दिल्लीमा दर्ता भएको एक विश्वव्यापी कार्यक्रम आयोजक र पुरस्कार वितरण गर्ने एजेन्सी हो । मानिसहरूका असाधारण कामका लागि पुरस्कारहरू प्रदान गर्ने यस सँस्थाले गोलेको वाल्यकालदेखिको त्याग, योगदान, वलीदान, संघर्ष र जनताको मतबाट निर्वाचित भई स्थानीय सरकारको उपप्रमुखको रुपमा नेतृत्व गरेको सम्मलाई सम्वोधन गर्दै सम्मान प्रदान गरेको हो ।
गोले नेकपा माओवादीका तर्फबाट उम्मेदवार भई स्थानीय तह निर्वाचन २०७९ मा महाँकाल गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश सदस्य तथा वाइसीएल नेपालको केन्द्रीय कमिटि सचिव हुुनुहुन्छ ।
Facebook Comments