ललितपुर । चित्रकलामार्फत गोदावरीका वालवालिकाले स्वास्थ्य र वातावरण संरक्षणको सन्देश दिएका छन् । महिला तथा बालबालिका शाखा द्वारा आयोजित प्रतियोगितात्मक चित्रकलामा तयार गरिएका चित्रहरुको प्रदर्शनीमा यस्ता स्केचहरु राखिएको थियो । पौष २१ गते बाट २५ गते सम्म सञ्चालित चित्रकला प्रतियोगिताका सहभागीहरुका चित्र प्रदर्शनीमा राखिएको थियो ।

सहभागी चित्रकार विद्यार्थीहरुलाई नगरपालिका उपमेयर मुना अधिकारीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उपमेयर अधिकारीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि चित्रकला निकै महत्वपूर्ण भएको विचार गर्दै कला, साहित्य र संस्कृतिको विकासका लागि गोदावरी नगरपालिकाले हरसम्भव प्रयत्न गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशिक्षक अजय देशारले चित्रमार्फत धेरै अव्यक्त सन्देशहरु सम्प्रेषित हुने बताउनुभयो ।