ललितपुर । गोदावरी नगरपालिकाभित्रको व्यस्त सडकको रुपमा चिनिने टाहाखेल टिकाभैरव सडक माघ ११ र १२ गते साँझ ६ बजेदेखि विहान ५ बजेसम्म बन्द हुने भएको छ । २०८१ असोज ११ र १२ मा गएको बाढीका कारण खसेको पहिरोलाई अल्पकालीन पन्छाएर सडक सुचारु भएकोमा पूर्ण रुपमा अवरोध नपन्छाइएकोले नागरिकलाई असुविधा परिरहेकोमा अवरोध पन्छाउन सडक अल्पकालीन बन्द गर्नुपरेको नगरप्रमुख गजेन्द्र महर्जनले जानकारी गराउनुभएको छ ।