ललितपुर । नेकपा माओवादी केन्द्र निकट बुद्धिजिवीहरुको संगठन नेपाल बुद्धिजिवी संगठनको अध्यक्षमा राजकपुर  नापित चयन हुनुभएको छ । ललितपुर जिल्लाको शनिवार सम्पन्न सम्मेलनले निर्वाचित गरेका उपाध्यक्षमा जयराम महर्जन, देबेन्द्र महर्जन र विष्णु थापा चयन हुनुभएको छ । अधिवेसनले सचिवमा हिराबहादुर महर्जनलाई चयन गरेको छ भने सहसचिवमा रमेशकुमार महर्जन र कोषाध्यक्षमा निर्मला क्षेत्री चयन हुनुभएको छ ।

समितिको अन्य सदस्यहरुमा विकास दाहाल, गोकुल तिमल्सिना, मोहित घिसिङ, रत्न तण्डुकार, रत्न अवाले, चन्द्रबहादुर आचार्य, रमा घिमिरे, नानीछोरी महर्जन, चिरञ्जिवी आचार्य लगायत ५० सदस्यीय कार्यसमिति चयन गरिएको संगठनका उपाध्यक्ष देबेन्द्र महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले पार्टीको जनताबिचमा सकारात्मक छाप बढेको बताउनुभयो । सरकारमा छँदा गरेका राम्रा कामका कारण माओवादीको प्रभाव राम्रो भएको बताउँदै त्यसलाई जनताबिचमा लैजान र पार्टीविरुद्धका भ्रमहरु चिर्न बुद्धिजीवी वर्गले वैचारिक अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु हरि दाहाल, राजकाजी महर्जन, शिव कट्टेल, दिपेश महर्जन लगायतको उपस्थिति थियो ।