
ललितपुर । जिल्लाका पानी उद्योगीहरु संगठित भइ सँस्थागत अभियान सुरु भएको छ । जार तथा वोत्तलमा प्याकेजिङ्ग गरेर पानी व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएर ललितपुर पानी उद्योग संघ गठन गरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको हो । समितिको अध्यक्षमा गोदावरीका रामप्रसाद बराल रहनुभएको छ । समितिको सचिवमा महेश्वर थापा, कोषाध्यक्ष सन्तोष न्यौपाने रहनुभएको छ । यस्तै तदर्थ समितिको सदस्यहरुमा विक्रम लिम्बु चेम्जोङ्ग, भरत बुढाथोकी, सबी कार्की र वालकुमारी श्रेष्ठ (रोजिना) रहनुभएको छ ।
Facebook Comments