ललितपुर । प्रेस चौतारी ललितपुरको अध्यक्षमा नबीन लुइँटेल चयन हुनुभएको छ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको छैटौं जिल्ला अधिवेसनले लुईटेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेसनले उपाध्यक्षमा शान्ति घिमिरे र अशोक दुलाल, सचिवमा सन्तोष दाहाल तथा सहसचिवमा लक्ष्मण दुलाल र रवि मर्हजनलाई चयन गरेको छ । समितिको कोषाध्यक्षमा समिर थापालाई चयन गरिएको छ भने सदस्यहरुमा सुभानु आचार्य, नरेन्द्र चालिसे, विकास माली, टीका रसाइली, सुस्मिता अधिकारी, ज्ञानु दुलाल चयन गरिएको छ ।

अधिवेसन उद्घाटन गर्दै एमाले उपमहासचिव ज्ञवालीले नेकपा एमाले विरुद्ध चौतर्फि रुपमा भ्रम सिर्जना गर्ने प्रयास भईरहेकोले तथ्यमा उभिएर भ्रमहरुको खण्डन गर्न तथा वैचारिक सशक्तिकरणका अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो । पार्टीको कार्यवाहक महासचिव समेत रहनुभएका ज्ञवालीले बर्तमान गठबन्धन सरकार सहमतिको जगमा बलियोसँग उभिएकोले बाहिर चलेका हल्ला र भ्रमहरुले खासै असर नगर्ने पनि दोहो-याउनुभयो ।

 

अधिवेसनले वालमुकुन्द आचार्य, घनश्याम धमला, शान्ति घिमिरे, प्रविणकुलुङ राई, अशोक दुलाल र सन्तोष दाहाललाई केन्द्रीय महाधिवेसन प्रतिनिधि चयन गरेको छ भने जीवी लामा, सौगात मिश्र, नवराज सञ्जेल, दिपकप्रसाद घिमिरे, सुभानु आचार्य र विधान रिजाललाई प्रदेश अधिवेसन प्रतिनिधि चयन गरेको छ ।

 

प्रेस चौतारी ललितपुरले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका सम्पादक मातृका पौडेल र स्वतन्त्र पत्रकार विष्णु कल्पितलाई प्रदान गरिएको छ ।