
ललितपुर -नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राष्ट्रिय चुनाैतीहरू राजनीतिक अस्थिरताका कारण सिर्जना भएकाे बताएका छन् ।
नेकपा एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बाेधन गर्दै पोखरेलले पार्टीका सबै कमिटीहरुलाई सुध्रिण गराउने उदेश्य अनुरूप जरा केन्द्रीत अभियान सुरू गरिएको बताए ।
यो अभियानले सबै तहका पार्टी कार्यकर्ता र जनतालाई पार्टीसङ्ग जोड्न मदत पुर्याउने बताए ।
एमाले निर्णायक शक्तिका रुपमा स्थापित हुन २०८४ सालमा एमालेले बहुमत ल्याउनुपर्ने बताउँदै उनले त्यसका निम्ति जरा केन्द्रीत अभियान फलदायी हुने बताए । एमालेले बहुमत ल्याए एमालेकै नीति राज्यको नीति हुने र यसले एमालेको जनताको बहुदलीय जनबाद स्थापित हुने तर्क गरे ।
उनले जनमत बामपंथी भएपनि सबल संगठनको अभाव हुँदा पार्टीले साेचे अनुरूप परिणाम ल्याउन नसकेको बताए ।
देशमा लगानीको वातावरण बन्दै गएको बताउँदै महासचिव पाेखरेलले नयाँ पुस्तालाई रचनात्मक कार्यक्रम मार्फत पार्टी भित्र आकर्षण बढाउनुपर्ने उल्लेख गरे ।
विस्तारित बैठकका क्रममा जिल्ला कमिटी प्रचार विभागले प्रकाशनमा ल्याएको सूर्य पत्रीका तथा संगठन डायरीको विमाेचन गरिएको थियो । जरा केन्द्रीत अभियानको समेत शुभारम्भ गरीएको कार्यक्रममा सूर्य पत्रिका प्रकाशनमा याेगदान दिने जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र न्याैपाने , प्रेस चाैतारी ललितपुरका निवर्तमान अध्यक्ष बिएम आचार्य , वर्तमान अध्यक्ष नवीन लुईटेल, दिलिप तिमल्सिना र समीर थापालाई एमाले महासचिव पोखरेलले प्रशंशा पत्र सहित सम्मान गरे ।
Facebook Comments