
ललितपुर । गत असोजमा गएको बाढीका कारण क्षतिग्रस्त दक्षिण ललितपुरका तीन गाउँपालिकाका सडक पुननिर्माणका लागि नेकपा एमाले ललितपुरले पहल लिएको छ । ललितपुर क्षेत्र नं १ का इन्चार्ज रुपनारायण श्रेष्ठ सहित जिल्ला कमिटि ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार भौतिक पूर्वाधारमन्त्री देबेन्द्र दाहाललाई भेटी मागपत्र बुझाएको हो ।
मन्त्री दाहालले पत्र ग्रहण गर्दै तत्कालै स्थलगत अवलोकन गरी आवश्यक काम गर्न बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको आचार्यले जानकारी दिनुभएको छ । दक्षिण ललितपुरका महाँकाल, कोञ्ज्योसोम र वागमती गाउँपालिकाका पार्टी पदाधिकारीहरु सहितको प्रतिनिधिमण्डलले दाहाललाई भेटी स्थलगत अवलोकन गरी आवश्यक बजेट प्रवन्ध गरिदिन अनुरोध गरेको हो ।
Facebook Comments