स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा ललितपुरको कोञ्ज्योसोम जिल्लाको सर्वोत्कृष्ट स्थानीय तह भएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये कोञ्ज्योसोम गाउँपालिकाले सर्वोत्कृष्ट ७६ अंक ल्याएको हो । विभिन्न १७ सूचकहरुमा मूल्याङकन गरी वार्षिक रुपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुको कार्यसम्पादन मूल्याङकन गर्ने गर्दछ । गोदावरी नगरपालिका, महाँकाल गाउँपालिका र महालक्ष्मी नगरपालिकाले ५० भन्दा कम अंक ल्याएका छन् ।

गोदावरी नगरपालिकाले ४४.९, महाँकाल गाउँपालिकाले ४४.२ र महालक्ष्मी नगरपालिकाले ३७.१ अंक ल्याएको छ । स्थानीय तहको शिक्षा, स्वास्थ्य, आन्तरिक आय, पुँजीगत खर्चको अवस्था, कूल विनियोजन रकमको अवस्था, संकलित करबाट प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने रकम जम्मा गरे नगरेको अवस्था, पूर्ण खोप कार्यान्वयन, गर्भवती महिलाको जाँचको अवस्था लगायतका सूचकहरुमा आयोगले मूल्यांकन गर्ने व्यवस्था छ ।