
कोञ्ज्योसोम गाउँपालिका वडा नं २ शंखुमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वडा कार्यालयले पोशाक वितरण गरेको छ । विद्यार्थीहरुलाई पोशाक वितरण गर्दै गाउँपालिका अध्यक्ष कृष्णमान लामाले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा सहयोग पुगोस् भन्ने उद्धेश्यले पोशाक वितरणको कार्यक्रम वडाले राखेकोमा धन्यवाद दिँदै सम्पूर्ण बालबालिकाको विकासको दायित्व गाउँपालिकासँग पनि जोडिने बताउनुभययो । विद्यार्थीहरुलाई स्थानीय तहको दायित्व रहने भएकोले नै यस्ता कार्यक्रममा गाउँपालिकाले बजेट विनियोजन गरेको अध्यक्ष लामाले प्रष्ट्याउनुभयो ।
वडा कार्यालयको बजेटबाट ४ वटा विद्यालयका ४ सय १३ बालबालिकालाई पोशाक वितरण गरिएको वडा नं २ का अध्यक्ष रोहन घलानले बताउनुभयो । वडा कार्यालयले भौतिक पूर्वाधार र अन्य सामाजिक विकासका काम जस्तै बालबालिकाको लागि पनि बजेट विनियोजन गर्नु आफूहरुको कर्तव्य भएको बताउँदै भोलिको यस क्षेत्रको विकासका लागि लाग्ने यिनै बालबालिका भएको बताउनुभयो ।
Facebook Comments