ललितपुर–गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवाराशीमा अवस्थित हाम्रो पर्यटन मैत्री क्लबले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । दिवसका अवसरमा क्लबले संरक्षण गर्दै आएको पोखरीटार पार्कमा सरसरफाइसँग विभिन्न जातका फूलका विरुवा रोपीएको छ । 

गोदावरी नगरपालिकाका कृषि शाखा प्रमुख सुवास खनाल, १३ नम्बर वडाका वडा अध्यक्ष भाष्कर थापा लगायत क्लबका सदस्य र स्थानीयले विभिन्न फूलका विरुवा रोपेका थिए । 

विरुवा रोप्न र यसको व्यवस्थापन गर्न सरदार हरिदयाल सिंह हमाल सेवा समितबाट कृषि औजार ल्याउन ४० हजार बराबरको सहयोग प्राप्त भएको क्लबले जनाएको छ । 

यसैगरी मनकामना सुनचाँदीका प्रपाईटर श्रीराम रिजाल र स्थानीयबाट समेत उद्यानलाइ सहयोग मिलेको क्लबका अध्यक्ष दिवाकर थापाले जानकारी दिए ।  पर्यटनको विकास गर्दै खेलकुदलाई अगाडि बढाउने उद्देश्यले गत वर्ष क्लबको स्थापना भएको हो । 

गोदावरी नगरपालिका कृषि शाखा प्रमुख सुबास खनालले सफा पोखरीसँगै वरपरका फूल र रोपिएका बोट विरुवाले आम मानिसको ध्यान आर्कषित गर्ने बताए । उनले बगैँचासँगै रहेका भित्तामा कलात्मक रुपमा बनाइएका पशुपतिनाथ , जानकी , बज्रबाराही , सन्तानेश्वर लगायतका मन्दिर र विभिन्न भेषभूषा र जातजातीको पहिचान झल्काउने पहिरनका चित्रले मनमोहक बनाएको उनले बताए । सो अवसरमा उनले बगैँचालाई हुन सक्ने थप केही बनस्पती, विरुवा र फूलका विरुवा रोप्ने विषयमा सुझाव दिए । 

वडा नम्बर १३ झरुवाराशीका वडा अध्यक्ष भाष्कर थापाले यो बगैँचासहितको पोखरीले पुरानो पोखरीटारको पहिँचान फेरी उजागर गरेको बताए । उनले यस उद्यानका लागि सहयोगी हातहरु बढिरहेको बताउँदै वडाबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे र्। बालबालिका लागी खेल थप केही सामग्रीहरु आवश्यक छ , उनले भने र्,  एउटा धारोको पनि आवश्यकता देखीएको छ , त्यसका लागी हामी तत्पर छाँै ।
झरुवारासी रेडक्रस शाखाका अध्यक्ष शशी घिमीरे , तासिन्चोक खानेपानी समितीका अध्यक्ष बालकृष्ण घिमीरे र नेकपा एमाले ललितपुर जिल्ला कमिटी उपसचिव प्रभाकर थापाले उजाड भएको पोखरीटारले पार्कका रुपमा नयाँ जिवन पाएको खुसी ब्यक्त गरे । 

गत असार १४ गते प्रधानमन्त्री एव एमाले अध्यक्ष केपी शर्मा ओलीले सो बगैँचामा वृक्षारोपण गरेका थिए। 

अध्यक्ष थापाले पर्यटन र खेलकुद एक अर्काका पर्याय भएकाले दुवैलाई समेट्ने हिसाबले क्लब गठन गरिएको बताए। अब बैशाखमा खेलकुद गतिविधी गर्ने तयारी रहेको उनले सुनाए । 

बलबालिका र युवाहरूलाई कुलतबाट जोगाउन र पढाई लेखाईबाट बचेको समय क्लबका रचनात्मक कृयाकलापमा लगाउने उद्देश्य क्लबको रहेको उनले बताए।