
काठमाडौं- नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं बनेका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो।
नेप्सेको सीईओमा यसअघि नारदकुमार लुइँटेललाई नियुक्त गरिएको भएपनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन। जसकारण चापागाईंलाई नियुक्त गरिएको हो।
Facebook Comments