ललितपुर – पछिल्लो समय विद्यालयमा पढाईका अलावा अतिरिक्त क्रियाकलापले पनि महत्वपूर्ण स्थान पाउन थालेको छ । 

विभिन्न खेलकुदका गतिविधी र नाचगानसँगै जनचेतनामूलक नाटक पनि विद्यायलमा महत्वका साथ देखाउन थालीएको छ ।जहाँ समाजका यथार्थपरक विषय वस्तुले स्थान पाउने गरेका छन् । 

ललितपुर गोदावरी नगरपालिकाको वडा नम्बर ६ टीकाभैरब फैडोलमा अवस्थित अर्किड रेसिडेन्टल स्कूलले आयोजना गर्ेको अभिभावक दिवस , पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रममा समसामयिक रुपमा प्रस्तुत हुने विषय लिएर तयार परिएको एक नाटकले अभिभावक र विद्यार्थी सबैको ध्यान तानेको छ । 

पछिल्लो समय मोबाइलको लतमा बालबालिका परिरहेका छन् । किन उनीहरु यसरी मोबाइलमै बढि केन्द्रित छन् ? भन्ने विषयमा आधारित नाटक हेरिरहदा अभिभावकसँगै विद्यार्थी पनि हौसिएका थिए । 

सोही विद्यालयमा पढ्ने विद्यार्थीहरुको नाटकमा मोबाइलको लत बस्नुमा स्वयं उनीहरुकै अभिभावक नै जीम्मेबार भएको देखाइएको थियो । 

बच्चाको अगाडी अभिभावकले नै मोबाईल चलाएर बस्नु र बच्चालाई एकोहोरो मोबाइल नचला भन्नु गलत भएको विश्लेषण या सन्देश नाटकले दिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगितीक प्रस्तुती र आफ्ना स्पीच राखेका थिए । विद्यालयमा विशिष्ट योगदान गर्ने स्टाफलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रमलाई संबोधन गर्दै वडा अध्यक्ष विष्णुमान मर्हजनले बालबालिकालाई पढ्न लाद्ने मात्र नभएर मिठो वचनसहित प्राक्टिकल शिक्षा आवश्यक भएको बताए । स्थापनाको १४ वर्ष पूरा गरिसकेको विद्यायलमा हाल १ सय ५० जना विद्यार्थी छन् । 

मन्टेश्वरी कक्षाबाट सुरु भएको विद्यालयमा हाल ४ कक्षासम्म पढाई हुन्छ । गोदावरी नगरपालिकाका वडा नम्बर ५ , ६ ,७ र ९ सहित बाग्मती गाउँपालिकाको ३ नम्बर वडाबाट पनि विद्यार्थीहरु पढ्न आउने गरेको विद्यालय  संचालक रुपचन्द्र विष्टले जानकारी दिए ।