काठमाडौं – तेस्रो एमबिएएन स्र्पोट्स मिट २०२५ को फुटसलतर्फको उपाधी एसबिआइ क्यापिटल र एनएमबि क्यापिटलले जितेका छन् । 

मर्चेन्ट बैंकर्सहरुको छाता संगठन नेपाल मर्चेन्ट बैंकर्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फको फुटसलको उपाधी एसबिआई र महिलातर्फको उपाधी एनएमबिले जितेका हुन् । 

काठमाडौंको हाडिगाउँस्थित धनयन्तरी स्र्पोट्सको फुटसलमा सम्पन्न खेलमा प्रभु क्यापिटललाई हराउँदै एसबिआइले ८० हजार नगद जितेको हो । 

उपविजेता प्रभुले नगद ४० हजार जितेको छ । पुरुषतर्फ सर्वाधिक गोलकर्ता एसबिआइका पुजन खड्का भए । १३ गोल गरेका उनले १० हजार नगद पाए । 

पुरुषतर्फको उत्कृष्ट खेलाडी प्रभुका हिक्मत कुँवर भए भने उत्कृष्ट गोलकिपर एसबिआइका आलोक शिवाकोटी भए । दुबै खेलाडीले १०–१० हजार पाएका छन् । फुटसलको महिलातर्फको उपाधी जितेको एनएमबीले नेपाल धितोपत्र बोर्ड सेबोनलाई पेनाल्टिमा २–१ ले हराएको छ । 

निर्धारित समय बराबर भएपछि खेलको निर्णय पेनाल्टिबाट गरिएको थियो । विजेता एनएमबिले ५० हजार नगद पाएको छ भने उपविजेता सेबोनले २५ हजार आफ्नो पोल्टामा पारेको छ । 

महिलातर्फ सेबोनकी निशा थापाले सर्बाधिक ९ गोल गरिन् । उत्कृष्ट गोलकिपर एनएमबिकी निशा देवकोटा भईन् भने एनएमबिकै मोनिसा बस्नेत उत्कृष्ट खेलाडी भइन् । सर्बाधिक गोलकर्ता , उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडी तीनै जनाले १०–१० हजार पाएका छन् ।

यसअघि शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ब्याडमिण्टन र टेबलटेनिसका खेल सम्पन्न भएका थिए । टेबलटेनिसको पुरुषतर्फ ग्लोबल आइएमई क्यापिटलका प्रदीपराज खनाल विजयी भए । उनले  एनआईएमबि क्यापिटलका परन्जय नेपाललाई हराउँदै १५ हजार नगद हात पारे । 

महिलातर्फ सिद्धार्थ क्यापिटलका कल्पना प्रधानले ग्लोबल आइएमइका वीना अधिकारीलाई हराउँदै उपाधी जितेकी छिन् । विजेता प्रधानले १५ तथा उपविजेता अधिकारीले १० हजार पाइन् ।  

टेबलटेनिसकै भेट्रान्सतर्फ एनआइएमबिका पराग विष्टले उपाधी जिते । उनले कुमारी क्यापिटलका अनुप शाक्यलाई हराउँदै उपाधी जिते । 

ब्याडमिण्टनको पुरुष डबल्समा सिआईटिका पुरुषोत्तम र अनिल बस्नेतले  , महिलातर्फ प्रभु क्यापिटलकी सिर्जना र पूजा विजयी भए । उनीहरुले मुक्तीनाथका खेलाडीलाई फाइनलमा हराए । यसैगरी भेट्रानतर्फको उपाधी गरिमा क्यापिटलका अशोक र तुलसीले जितेका छन् । उनीहरुले फाइनलमा सानिमाका खेलाडीलाई हराएका छन् ।    

विजेताहरुलाई नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीले पुरस्कार , कप तथा प्रमाणपत्र दिएका छन् । प्रतियोगितामा संघमा आवद्ध २६ मध्ये २२ वटा बैंकर्सले भाग लिएका थिए ।