ललितपुर– जावलाखेल युथ क्लबको यु–१६ टोलीलाई रिङरोड नजिकै रहेको माछापुच्छ्रे वल्र्ड स्कूलले सहयोग गर्ने सम्झौता भएको छ । ललितपुरमा आयोजित कार्यक्रममा जावलाखेल क्लब र माछापुच्छे स्कूल वीच एमओयु भएको हो । 

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा असार २० गतेबाट सुरु हुने यु–१६ युथ लिग फुटबलका लागि  माछापुच्छेस्कूलले क्लबलाई सहयोग गर्ने भएको क्लबका महासचिव कविर बस्नेतले जानकारी दिए ।जावलाखेल क्लबका अध्यक्ष महेन्द्र क्षेत्री र वल्र्ड स्कुलका प्रिन्सिपल होमनाथ आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यु–१६ युथ लिगमा १४ वटै ए डिभिजन क्लबका यूवा टोलीको सहभागिता रहेको छ । जावलाखेलको यु–१६ को टोलीले असार २२ गते विहान १० बजे  एन्फा कम्प्लेक्सको मैदानमा संकटा विरुद्ध हुनेछ ।