ललितपुर – तीन महिनासम्म ललितपुर महानगरको तिखेदेवलमा चलेको आधारभूत सिलाई कटाई कार्यक्रमले महिला लाभान्वित भएका छन् ।  

नेपाल दलित महिला उत्थान केन्द्रको आयोजनामा गत चैत १५ गतेदेखि असार १५ गतेसम्म चलेको ३ महिने तालिमले ८ जना महिलालाई स्वरोजगार हुने मौका मिलेको छ । 

केन्द्रकी अध्यक्ष मैना अछामीले ललितपुर महानगरपालिकाको दलित लक्षित कार्यक्रम अन्र्तगत विनियोजित बजेटबाट पहिला्े पटक आयोजना गरिएको बताइन् । 

तिखेदेवलस्थित परिवर्तनका लागि सहकार्य नेपालको हलमा सम्पन्न तालिममा सहभागीहरुलाई दौरा , सुरुवाल पाइन्ट , कुर्ता , टप्स , प्लाजोमा लगायतका १५ वटा आइटममा प्रशिक्षण दिइएको थियो । 

ललितपुर महानगरपालिका सामाजिक विकास समितीको सहयोगमा भएको कार्यक्रममा सुरुमा १० जना भएपनि ८ जनाले मात्र प्रशिक्षण पुरा गरेको कार्यक्रम संयोजक एवं १४ नम्बर वडाकी सदस्य संगिता अछामीले जानकारी दिईन् । वडा सदस्य अछामीले यो तालिमले महिला दिदी बहिनीहरुमा उत्साह र आफैले रोजगारीको अवसर सिर्जना गर्ने अवसर मिलेको बताईन् । 

कार्यक्रमको समापनका दिन सहभागीहरु सबैले तालिमका दौरान आफैले सिलाएका लुगा लगाएर आएका थिए । तालिममा सहभागी संगिता रिजालले आफूलाई यो खाले प्रशिक्षणले जिन्दगीमा आफ्नो लागी आफैले केही गर्न सकिन्छ भन्ने प्रेरणा जागेको बताईन् । उनले कुर्ता, सुरुवाल, ब्लाउज लगायतका लेडिजले लगाउने लुगा सिलाउन जान्दा अब दुई छाक खानका लागी कसैको भर पर्नु नपर्ने बताइन् । 

सुबिना मंग्रातीले सिलाइ , कटाईको प्रशिक्षण दिनेलाई धन्यवाद दिँदै आपूले यो क्षेत्रमा पहिले भन्दा धेरै कुरा सिकेको बताईन् र्।  मैले जिरोबाट सुरु गरेकी थिए , स्नातक पढ्दै गरेकी उनले भनिन् र्, पहिले सुरुमा केही जान्दिन थिए ,अहिले केही सिउन जान्ने भएकी छु । 

समापन कार्यक्रममा बोल्दै उपमेयर मंजली शाक्यले सानो सहयोग पनि महिलाका लागी निकै फलदायी भएकोमा खुसी ब्यक्त गरिन् । उनले आगामी दिनमा यस्तै किसीमको साथ सहयोग आफ्नो तर्फबाट हुने वचन दिइन् । उनले सहभागी सबैलाई शभकामनासहित प्रमाणपत्र हस्तान्तरण गरिन् ।