राष्ट्रिय सूचना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चार जनालाई विनयकुमार कसजु सूचना अभियन्ता पुरस्कार प्रदान गर्नुभएको छ । आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्नुभएको हो ।

१९ औं राष्ट्रिय सूचना दिवसको सर्बोत्कृष्ट सूचना अभियन्ता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेलाई प्रदान गरिएको छ भने सूचना अभियन्ता पुरस्कार पत्रकारहरु आरती चटौत, अमृतनाथ तिमल्सिना र कृष्णा पौडेललाई प्रदान गरिएको छ ।

सूचना अधिकारी र कर्मचारी पुरस्कृत

सूचना दिवसको अवसरमा आयोगले सूचना अधिकारीहरुलाई पनि पुरस्कृत गरेको छ । लोकसेवा आयोगका एकनारायण शर्मा, मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाका विपिन कार्की, खैरहनी नगरपालिका चितवनका दामोदर अधिकारी, शंखरापुर नगरपालिका काठमाडौंका शुभद्रा पुडासैनी र भरतपुर नगरपालिका चितवनका मेनका पण्डित पुरस्कृत भएका छन् । सोही अवसरमा आयोगका कर्मचारीहरु देबेन्द्र कार्की, सहनशिला पुडासैनी, अशोक न्यौपाने र मोहन ज्ञवाली पुरस्कृत भएका छन् ।