ललितपुर – नेपाली कांग्रेस , नेपाली कम्युनिष्ट पार्टि , रास्वपा लगायत विभिन्न पार्टि परित्याग गरी १ सय ३० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा चुनावको मुखैमा एमालेमा पार्टि प्रवेश गर्नेको लर्को लागेको हो । ललितपुर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेलको पक्ष मत दिन उनीहरु तयार भएका छन् ।
एमालेका ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण ब्यञ्जनकार, ललितपुर क्षेत्र नम्बर १ निर्वाचन कमाण्डर शुसीला नेपाल , बाग्मती प्रदेश सभाका कृषि तथा पशुपन्छी मन्त्री मधुसुधन पौडेल , निर्वाचन सह कमाण्डर नवराज सिलवाल, केन्द्रिय सदस्य तारा सञ्जेल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य र उम्मेद्वार सञ्जेलले नवप्रवेशीलाई टीका , माला , खादा , अविर , टोपी लगायर स्वागत गरेका छन् ।
स्थानीय यूवा नेता रमेश पहारी र यूवा उद्यमी अभय न्यौपानेको विशेष पहलमा सो संख्यामा ब्यक्तिहरु अन्य पार्टि परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । कोड्कुमा बिहीबार साँझ भएको कार्यक्रममा पार्टि प्रवेश गर्नेहरु २ पटक अरुलाई हे¥यौँ अब एमालेलाई हामी साथ दिन्छौँ भनिरहेका छन् । पार्टि प्रवेश गर्नेदेखि पार्टि प्रवेश गराउने सबै समृद्ध बडिखेलको नारामा एकमत भएका छन् ।
स्थानीय मैयाँ पहारीले यहाँका जनताले अझ सुलभ खानेपानी, एम्वुलेन्स , धार्मीक पर्यटनको विकास , ब्यवस्थीत ढल निर्माण र स्तरीय दिगो सडक खोजेको बताइन् ।
उम्मेद्वार सञ्जेलले बडिखेलको यो उत्साहले आफूलाई धेरै उर्जा मिलेको बताए र्। जुन विश्वासका साथ पार्टि प्रवेश गर्नुभएको छ , तपाइको विश्वास मर्न म दिन्न, उनले भने र्, यहाँको गुणस्तरीय शिक्षा , लघु उद्यमको विकास , धार्मीक पर्यटन , सडकको स्तर उन्नतीलाई प्राथमिकतामा राख्नुपर्छ ।
उनले बडिखेलमा रहेको सीप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा चिनाउनका लागी पहल गर्ने प्रतिवद्धता जनाए । कच्चा पदार्थमा समस्या छ कि यसको बजारीकरणमा कठिनाइ छ त्यसको पहिचान गर्दै आत्मनिर्भर बनाउने प्रयास गरिनेछ , उनले भने ।
क्षेत्रको निर्वाचन सह कमाण्डर एवं पूर्व प्रतिनिधी सभा सदस्य नवराज सिलवालले बडिखेलको यो माहोलले पुरै क्षेत्रमा तरङ्ग ल्याएको बताए । यो राम्रो माहोल छ तर आज यता अनि भोली फेरी तानातान गरेर अन्त नजानुहोला , उनले भने र्, चुनावका लागि केही दिन बाँकी छ , जुन विश्वास लिएर आउनुभएको छ त्यो पूरा हुन्छ तर आफैले आफैलाई विश्वास मार्ने काम नगर्नुहोला अरु पार्टिले प्रलोभन देखाउनसक्छन् सचेत हुनुहोला ।
जिल्ला अध्यक्ष आचार्यले एक हप्ता तपाइहरु चेतनाथजीलाई जिताउन लाग्नुहोस् ५ वर्ष उहाँलाई खटाउने जिम्मा ललितपुर एमालेको भएको बताए । नम्बर १ मा रहेका ३ वटा गाउँपालिका र गोदावरीका १२ वटा वडामा यसअघि सबैभन्दा कमजोर आँकलन गरिएको बडिखेलमा अन्य पार्टिबाट एमालेमा भएको प्रवेशले बलियो दिशामा लगेको स्थानीय नेता कुमार तिमल्सीना बताउँछन् ।
गोदावरी वडा नम्बर ४ बडिखेलको निर्णायक मत कोड्कुका पहारी समुदायको रहेको छ । यही समुदायको निर्णायक मतबाट २०७४ मा माओबादीका मुकुन्द पहारी र २०७९ मा सानुभाई नगरकोटी वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
Facebook Comments