
मकवानपुर । हेटौंडामा अहिले सूचना प्रविधि मेला चलिरहेको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ मकवानपुर (क्यान मकवानपुर) को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश स्तरीय क्यान इन्फो–टेक (सूचना प्रविधि) मेला भएको हो ।
जारी क्यान मेलाको भने बिजोग भएको छ । गत २ चैतदेखि हेटौंडा ४ स्थित रोयल पार्टी प्यालेसमा चलिरहेको ५ दिने क्यान मेलामा ३२ वटा स्टल राखिएको छ, तर अधिकांस सुनसान छ ।
सूचना प्रविधि मेलामा आम नागरिकलाई सूचना प्रविधिको बारे पछिल्लो अपडेटसहित विविध जानकारी दिने उदेश्यले यस्ता सुचना प्रविधी मेला देशका विभिन्न शहरमा हुने गर्दछ । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी प्रदेश स्तरको मेलाको भने जिल्ला क्यानको अपरिपक्व तयारी र समन्वयको अभावमा भद्रगोल भएको अवलोकनकर्ताहरु बताउँछन् ।
मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिकेशन डिभाइस, वीमासम्बन्धी प्रदर्शनी तथा बिक्री स्टल रहने आयोजकले जनाएको थियो तर मेला स्थल पुग्दा त्यस्तो अवस्था देखिदैन ।
सुचना प्रविधीसम्बन्धी विविध स्टल हुने भनिएपनी ३६ वटा मध्य अधिकांसमा अवलोकनकर्ताले सुचना प्रविधी सम्बन्धी ज्ञान पाउदैनन् । केहि स्टलमा केही प्रिन्टर राखिएको छ भने अधिकांस स्टल खाली छ । मेलामा कृषिमा प्रविधिको प्रयोग, नेटवर्कीङ र सिसि टिभी सम्बन्धि तालिम, शिक्षक, विद्यार्थी तथा युवा लक्षित साइबर सुरक्षा जस्ता ३ वटा आइसिटी सेमिनार समेत सञ्चालन गरिने बताइएको थियो ।
तर आयोजकले सूचना प्रविधि मेलालाई प्रविधि मैत्री बनाउन असफल भएको छ। सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति, ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, मोबाइललगायतका सामाग्रीको समेत बिक्री तथा सहुलियत जस्ता कुरामा ध्यान दिन नसक्नु क्यान मकवानपुरको कमजोरी देखिएको छ ।
Facebook Comments