काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन पक्राउ हुने क्रम वृद्धि हुदै गएको छ । 

हिजो राति १४ किलो सुनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका चन्द्र बहादुर घले रहेका छन् । घलेलाई भन्सारको टोलीले पक्राउ गरेको हो ।  उनको साथबाट २ केजीका दरले ७ वटा विस्कुट बरामद भएको थियो ।

विशेष सूचनाको आधारमा चन्द्रलाई सुनसहित पक्राउ गरेपछि थप अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएका थिए । प्रहरीले मिन बहादुरलाई पक्राउ गरेको ।