काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेको बक्यौता तिर्न रहेका २ ठूला उद्योगको लाइन काटेको छ । गत शुक्रबार पनि ४ ठूला उद्योगको विद्युत काटिएको थियो ।
प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटिएको हो । सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी रहेको छ ।
उद्योगीले भने प्रयोग नै नगरेको विद्युत्को महशुल तिर्न नसकिने बताउँदै आएका छन् ।
Facebook Comments